Home / News / Local (page 4)

Local

चितवनमा ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु,मुख्यमन्त्रीद्धारा उद्घाटन

चितवन,चैत २३- चितवनमा आजदेखी ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेश नम्वर ३ लाई कृषी,पर्यटन र उद्योगको हबको रुपमा विकास गर्ने वताउनुभयो । उहाँले प्रशस्त सम्भावनाले भरिएको प्रदेश ३ लाई दु्रत रुपमा विकास …

Read More »

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

चितवन,चैत २३- भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ। हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन। तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलका अनुसार …

Read More »

जागृतप्रसाद भेटवालको बाँधः जनताको मनमनमा

चितवन, चैत २२- वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे । आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । भेटवाल वाम आन्दोलनका धरोहर हुन् । उनी एमालेको केन्द्रीय लेखा आयोगका सदस्य …

Read More »

धुर्मुसले भने–“अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त छ”

चितवन, चैत २१- कलाकार तथा धुर्मुस सुन्तली फाण्डेशनका अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताउनुभएको छ । हिजो (मंगलबार) अपरान्ह भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताउनुभयो । “जमिन …

Read More »

चितवनको नारायणी पेपर उद्योगमा आगलागी

चितवन , चैत २१- चितवनको एक कागज उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका ४ लंकुमा रहेको नारायणी नेपाल पेपर प्रोडक्ट प्रा ली मा आज बिहानै आगलागी भएको हो । उद्योगको कम्पाउण्डमा रहेको कच्चापदार्थमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १९ लाखको क्षेती भएको प्रारम्भीक अनुमान गरिएको छ । …

Read More »

रहेनन् चितवनका कम्युनिष्ट नेता भेटवाल

चितवन, चैत २१– चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको आज विहान उपचारको क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई अवस्था गम्भीर भएपछि केही दिन अघि बीर अस्पतालको आईसियूमा सारीएको थियो ।क्यान्सरको अन्तिम स्टेजमा …

Read More »

पूर्वी चितवनको खैरहनीमा चट्याङ लागेर तीन बालिकासहित चार जना घाईते

चितवन, चैत २१– पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर चार जना घाईते भएका छन् । आज (बुधबार) बाख्रा चराउन पुगेका रत्ननगर नगरपालिका–५ की अन्दाजी ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी वर्ष १२ की ज्योती परियार, वर्ष १० की सिम्रन परियार र वर्ष ९ की गाजल परियार घाईते भएको प्रहरीले …

Read More »

चितवनमा ९ महिनाको अवधिमा २७ बालिका सहित ३७ जना बलात्कृत

चितवन , चैत २०- चितवन जिल्लामा पछिल्लो समय बलात्कारको घटना बढेकोे छ । चालु आर्थिक बर्षमा ३७ जना महिला बलात्कृत भएको तथ्याङक सार्वजनिक भएको छ । त्यसमध्य पनि सानै उमेरका बालिकाहरुको संख्या धेरै छ । पछिल्लो ९ महिनामा २७ जना बालिका बलात्कृत भएको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका …

Read More »

प्रचण्डले भनेः दुई कम्युनिष्ट पार्टी विचको एकता सम्मानजनक हुनुपर्छ

चितवन,चैत २०- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई कम्युनिष्ट पार्टी विचको एकता सम्मानजनक हुनुपर्ने वताउनुभएको छ । चितवनमा आज (मंगलबार) बखान राष्ट्रिय सहकारी संग्रालय शिलन्यास तथा ६१ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिशतका आधारमा नभई सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने वताउनुभयो । उहाँले सम्मानजनक सिद्धान्तका आधारमा पार्टी एकता …

Read More »

भरतपुरकी मेयर दाहाल भन्छिन्ः “हाम्रो कामप्रति म आफै सन्तुष्ट छैन”

चितवन, चैत १९– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले सोँचे अनुसार कार्यप्रगती गर्न नसकेको स्वीकार गर्नु भएको छ । नगरकार्यपालिकाले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले विभिन्न अवरोध र अफठ्याराका कारण चाहेर पनि काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै जनप्रतिनिधिलाई काम गर्ने तिव्र इच्छा छ, तर …

Read More »