Home / News / Local (page 3)

Local

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

चितवन ८ साउन– भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ । साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका …

Read More »

अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ७ साउन – अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरे र  ऋद्धिखोलामा  बिहान साढे ४ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक  थापाले बताउनुभयो । पहिरो खसेपछि चितवनबाट काठमाडौं तर्फ जाने र चितवन …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न व्यवस्थापिका–संसद्, विकास समितिको निर्देशन

चितवन २० असार – व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म ९करिब डेढ महिना० …

Read More »

नवलपरासीको गैंडाकोट क्षेत्र डेंगोको उच्च जोखिममा

चितवन २० असार – जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जिल्लाको गैंडाकोट क्षेत्र डेंगोको उच्च जोखिममा रहेको जनाएको छ । जिल्लामा देखिएका डेंगोको बिरामी मध्ये ४० प्रतिशत भन्दा बढी बिरामी गैंडाकोट क्षेत्रका भएका समेत कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष नवलपरासीमा १० जनामा डेंगो भेटिएकोमा गैंडाकोट क्षेत्रका पाँच जना भएका जिल्ला …

Read More »

पृथ्वी राजमार्गमा आज बिहान यात्रुबाहक बस पल्टिँदा घाइते भएका सातमध्ये तीनजनाको मृत्यु

चितवन २० असार – इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान यात्रुबाहक बस पल्टिँदा घाइते भएका सातमध्ये तीनजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय …

Read More »

दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछ्रि सञ्चालनमा

चितवन २० असार – दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछ्रि सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा यहाँ यही असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदैआएको थियो । जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालका प्रविधिज्ञले नसकेपछि खराबी …

Read More »

सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २७ गते गर्ने

चितवन १३  असार– सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २७ गते गर्ने भएको छ । आज भरतपुरबाट काठमाडौं ल्याइएको च्यातिएका मतपत्रको पोको पनि २७ गतेकै सुनुवाईमा पेश गरिने भएको हो । सर्वोच्चका कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले असार ६ गते एक साताभित्र …

Read More »

अपडेटः गयरातीदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

चितवन ११ असार– गयरातीदेखि अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुर तर्फ खसेको पहिरो केही मात्रामा पन्छ्याएपछि बाटो एकतर्फी मात्र सञ्चालनमा आउन सकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो …

Read More »

शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेन

चितवन ११ असार– शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेको छैन । यो सडकखण्ड अन्तर्गत सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो खुलाउन समस्या भएको छ । पहिरो पन्छाउने काम भइरहेको तर अझै ३र४ घण्टा लाग्ने मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । पहिरो खस्दा राति ९ बजेदेखि यो …

Read More »

कालीखोला नजिकै खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुर्यो दुई प्रहरीको मृत्यु दुईजना बेपत्ता

चितवन ९ असार – नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ । घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो …

Read More »