Home / News / Local (page 26)

Local

लगातार खसेको पहिरोसंगै नारायणगढ–मुग्लिन सडक खण्ड विहानैदेखि अवरुद्ध

असार १७– अविरल वर्षासंगै लगातार खसेको पहिरोसंगै नारायणगढ–मुग्लिन सडक खण्ड आज विहानैदेखि अवरुद्ध भएको छ । विहान पौने ६ बजेदेखि नै राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । कविलास–४ स्थित घुमाउने र चण्डिभञ्ज्याङ–९ स्थित चार किलो र पाँच किलोको बीच भागमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको …

Read More »

भूकम्प प्रभाबितलाई एकमुष्ठ रकम दिन सकिंदैन– सिपि मैनाली

असार १३ –  उपप्रधान तथा महिला वालवालीका मन्त्री सिपि मैनालीले प्रतिपक्षले माग गरे अनुसार भूकम्प प्रभाबितलाई एकमुष्ठ रकम दिन नसकिने बताउनु भएको छ । आफ्ना योजनाहरुको अनुगमन गर्न आज यहाँ आउनु भएका मन्त्री मैनालीले पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । सरकारले आन्तरिक कोषबाट रकम दिने भन्दा पनि …

Read More »

आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलन लक्ष्यभन्दा बढी

असार ९ – भूकम्प र नाकाबन्दीका कारण विगतका महिनामा राजश्व संकलनमा निकै गिरावट आएको आन्तरिक राजश्व कार्यालय भरतपुरमा आर्थिक वर्षको अन्त्यतिर भने राजश्व संकलन लक्ष्यभन्दा बढी भएको छ । जसका कारण विगतमा अपुग लक्ष्यलाई समेत पूर्ति गर्न कार्यालय सफल भएको छ । कार्यालयले दिएको जानकारी अनुसार गत जेठ मसान्तसम्ममा १० …

Read More »

भाषा प्रशिक्षण र परामर्श दिने ५३ वटा संस्थाले दर्ता प्रकृया अघि बढाए

असार ९ – स्थानीय प्रशासनले संञ्चालन अनुमति नलिई भाषा प्रशिक्षण र परामर्श दिने संस्था संञ्चालन गर्नेहरुमाथि कारवाहि अघि बढाए पछि जिल्लाका ५३ वटा त्यस्ता संस्थाले दर्ता प्रकृया अघि बढाएका छन् । जिल्लामा रहेका दुई सय हाराहारी संस्थामध्ये १२ वटाको मात्र दर्ता रहेको थियो । दर्ता प्रकृयाका लागि शिक्षा मन्त्रालयमा निबेदन …

Read More »

खाद्य ऐन विपरीत कार्य गर्ने चितवनका ४२ वटा उद्योग तथा पसल विरुद्ध मुद्दा दर्ता

असार ९ – खाद्य ऐन विपरीत कार्य गरेको भन्दै जिल्लामा सञ्चालित ४२ वटा उद्योग तथा पसल विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला खाद्य निरीक्षण एकाइका अनुसार यस चालु आवमा बजार अनुगमनका क्रममा कैफियत भेटिएका ४२ उद्योग विरुद्ध मुद्दा दर्ता भएको हो । खाद्य निरीक्षक नवीन देउजाले कुल ९६ वटा …

Read More »

स्थानीय शान्ति समिति चितवनमा ७ सय ८० जनाले उजुरी दर्ता गराए

असार ९ – स्थानीय शान्ति समिति चितवनमा द्वन्द्वकालमा पीडित बनेको भन्दै ७ सय ८० जनाले उजुरी दर्ता गराएका छन् । जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७ सय ३६ र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ४४ जनाको उजुरी परेको छ । समितिकी सचिव लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म सत्य …

Read More »

नारायणगढका ६ वटा सुनचाँदी पसलका संञ्चालक विरुद्ध जिल्ला अदालत चितवनमा मुद्धा दर्ता

असार ८– कम गुणस्तरको सुनचाँदी विक्रि गरेको अभियोगमा नारायणगढका ६  वटा सुनचाँदी पसलका संञ्चालक विरुद्ध जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनले मुद्धा दर्ता गरेको हो । बराली गहना सप्लायर्सका संञ्चालक प्रविन्द्र वराली, जीवनज्योति ज्वेलर्सका संञ्चालक जीवनज्योती विश्वकर्मा, जय सन्तोषीमाँ सोरुमका संञ्चालक बिपेन्द्र …

Read More »

दलहरु विचमा सहमति नजुटे सम्म निर्वाचन सम्भव छैन –प्रकाशमान सिंह

असार ६– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दलहरु विचमा सहमति नजुटे सम्म निर्वाचन सम्भव नरहेको बताउनु भएको छ । पत्रकारहरु संग आज चितवनमा कुराकानी गर्दै उहाँले सरकारले निर्वाचनको मिति तय गरेपनि अहिले बातावरण वनि नसकेकोे बताउनु भयो । भूकम्प पिडितलाई राहत, संविधान कार्यान्वयन, प्रदेशको सिमाङ्कन लगाएतका काम नसकिए सम्म निर्वाचन …

Read More »

नेपाल परिवार नियोजन संघको ३८ औ सभा आज देखि सौराहामा सुरु

असार ६– नेपाल परिवार नियोजन संघको ३८ औ सभा आज देखि पूर्वि चितवनको सौराहामा सुरु भएको छ । सभाको नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्दै नेता सिंहले संविधान कार्यान्वयनको विषय चुनौतिपूर्ण रहेको बताउनु भयो । संविधान कार्यान्वयनको विषयमा सवै दल …

Read More »

भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशुल्क उपचार लिदै

असार ६– भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशुल्क उपचार लिदै आएका छन् । भरतपुर अस्पताल विकास समितीले आफैले खर्च व्यहोर्ने गरी निःशुल्क रूपमा उपचारको प्रवन्ध गर्दै आएको छ । थालेसिमियाका विरामीहरू १५÷१५ दिनमा उपचारका लागि आउने गर्दछन् । अस्पतालले प्रति पोका ८ सय ५० पर्ने रगत महिनामा २ पोकाका …

Read More »