Home / News / Local (page 2)

Local

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि

चितवन १८ भाद्र– विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ। चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरीसिकारीको मारमा छ। निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत बेद …

Read More »

साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

चितवन १८ भाद्र– दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै …

Read More »

खुला खोरबाट बाढीपछि हराएको भनिएको चार वटा बाह्रसिंगे मध्ये एउटा भेटियो

चितवन १८ भाद्र– चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको …

Read More »

चाडबाड नजिकिएकाले नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा खुकुलो पार्ने तयारी

चितवन १८ भाद्र– चाडबाड नजिकिएकाले चितवनको नारायणगढ–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा खुकुलो पार्ने तयारी गरिएको छ । दशैँका यात्रुलाई असर नपरोस् भनेर यातायात सञ्चालन खुकुलो पारी यातायात व्यवस्थापन चुस्त पार्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । दशैँमा राजधानी भित्रिनेभन्दा राजधानीबाट बाहिरिने यात्रुको चाप अत्यधिक …

Read More »

प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने नेकपा एमालेका अध्यक्ष ओलीको दावी

चितवन १८ भाद्र– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी दोहो९याएका छन् । ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरे । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटि …

Read More »

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन १८ भाद्र– अन्नपुर्ण टोल विकास सस्था माधवपुर र गोरखा चितवन समाजको संयुक्त आयोजनामा आइतवार माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १४ जना महिला  र ४१ ज्ना पुरुष गरि ५५ जनाले रक्तदान गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम अन्नपुर्ण …

Read More »

चितवनमा ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि

चितवन १६ भाद्र– चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार …

Read More »

भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु

चितवन १६ भाद्र– भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु भएको छ । यही भदौं महिनादेखि भरतपुर अस्पतालमा मुटु, फोक्सो तथा रक्तनलीको शल्यक्रियालगायत सम्पूर्ण उपचार सेवा सुरु भएको हो । मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारीको नेतृत्वमा मुटु सम्बन्धि कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी गरि सम्पूर्ण उपचार सुरु भएको हो …

Read More »

बर्तमान सरकार हचुवाको भरमा चलेको छ – नेता नेपाल

चितवन १६ भाद्र– नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकार हचुवाको भरमा चलेको बताएका छन । रत्ननगरमा आज आयोजित नेपाल दुर सञ्चार कर्मचारी संघको आठौं केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारले हचुवाको भरमा चलेको बताएका हुन । नेपालले वर्तमान सरकारको कार्यशैली …

Read More »

मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाको ज्यान गयो

चितवन ८ साउन– मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाको ज्यान गएको छ । अहिलेसम्म ९९ वटा दुर्घटना भएको र ती दुर्घटनामा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको …

Read More »