Home / News / Local (page 10)

Local

नारायणगढ जेसीसको ट्राफिक जनचेतनामुलक कार्यक्रम

चितवन, चैत २– सवारी दुर्घटना न्यूनीकरणका लागी नारायणगढ जेसिस तथा नारायणगढ लेडी जेसिसले गत महिना देखि शुरु गरेको ट्राफिक जनचेतना मुलक विशेष अभियान आज (शुक्रबार) नारायणगढको सहिदचोकमा गरिएको छ । प्रत्येक महिनाको २ गते आयोजना हुने कार्यक्रममा “छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ”,“ तीव्र गति जीवनको क्षति” लगायतका सन्देशमुलक …

Read More »

भरतपुरको कपास उद्योगमा यसरी भयो भीषण आगलागि, करिव ४० लाखको क्षति

चितवन, चैत २– चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृति कपास उद्योगमा आगलागि भएको छ । आज विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागिबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका चन्दना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी …

Read More »

चितवनमा करेन्ट लागेर एक बालकको मृत्यु

चितवन, चैत २– चितवनमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ रतनपुरमा करेन्ट लागेर ७ वर्षको हिम तामाङको मृत्यु भएको छ । आफ्नै घरको आगनमा रहेको तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Read More »

कालिका नगरपालिकामा डेङ्गु रोगविरुद्धको अभियान शुरु

चितवन, चैत १- पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ । कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट …

Read More »

खेतबारी विद्यालयलाई नारायणगढ रोटरीको सहयोग

चितवन, चैत १– नारायणगढ रोटरी क्लबले ईच्छाकामना गाउँपालिका–७, स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खेतबारीलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । आज (विहीबार) एक कार्यक्रमको आयोजना गरी डेस्क बेन्च, टेवल, कुर्ची स्पीकर सिस्टम, अफिस टेवल, १५थान प्लाष्टिकका कुर्चीहरूका साथै विद्यालयलाई अत्यावश्यक कम्प्युटर र प्रिन्टरहरू सहयोग गरेको हो । रोटरी डिष्ट्रिक्ट ३२९२, जोन …

Read More »

चितवनमा कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान

चितवन, चैत १– जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । …

Read More »

२० वर्ष पुराना सवारी नचलाउन चितवन ट्राफिक प्रहरीको आग्रह, अवज्ञा गरे कडा कारवाही गरिने

चितवन, चैत १– जिल्ला ट्राफिक प्रहरीले चितवनमा आज (विहीबार)देखी २० वर्ष पुराना सवारी साधन नचलाउन आग्रह गरेको छ । सरकारले आजदेखि देशभर २० वर्ष पुरा सवारी साधन चलाउन नपाउने नियम बनाएपछि चितवनमा पनि कडाई गर्न लागिएको हो ।चितवन ट्राफिक प्रहरीले आज एक सूचना जारी गर्दै सरकारको नियम पालना गर्न आग्रह गर्दै …

Read More »

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन, फागुन ३०– चितवनको रत्ननगरमा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट रत्ननगर–१ निवासी साइलयात्री ७४ वर्षीय रेशम बहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको वडा नम्बर १० हरिहर मन्दिर नजिक आज अपरान्ह भरतपुरबाट भण्डारातर्फ जादै गरेको बा ३ ख २३५४ नम्बरको …

Read More »

विमान दुर्घटनामा निधन भएका न्यूरो सर्जन बालकृष्ण थापा, जसलाई चितवनमा बिरामीले कुरिरहेका थिए

चितवन, फागुन २९ – सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना भएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात जहाज दुर्घटनामा थापाको निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो भए । उनीमात्र होइन, अन्य धेरै बिरामी पनि …

Read More »

खाजा खाने समयमा सचेतना जगाउँदै बालकुमारी कलेजका विद्यार्थीहरु

चितवन,फागुन २९- लियो क्लव अफ बालकुमारी कलेज नारायणगढले सडक सचेतना अभियान संचालन गरेको छ । आज (मंगलवार) नारायणगढको लायन्स चोकमा जम्मा भएर विद्यार्थीहरुले सडक सचेतना कार्यक्रम गरेका हुन् । कम गति हुन्न क्षती, एम्बुलेन्सलाई बाटो दिऔं, जेब्रा क्रसिङ्गबाट मात्र बाटो काटौं,अनाबस्यक हर्न बजाउनु असभ्यताको परिचय हो, जस्ता नारा लेखिएको प्लेकार्ड सहित …

Read More »