Home / News / National (page 4)

National

गृह जिल्लाबाट प्रचण्डले भनेः बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता

चितवन,चैत १९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने दोहो¥याउनुभएको छ । गृह जिल्ला चितवनमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता चुनाब जस्तो नभएको भन्दै सिद्धान्त प्रतिशतका आधारमा नहुने बताउनुभयो । बराबरी सिद्धान्तको आधारमा मात्रै …

Read More »

चित्रवन रंगशाला निर्माण अलपत्र, धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी

चितवन,चैत १८- पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ । अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रस्ताव गर्ने तयारी छ । रंगशाला बनाउन १० विगाहा अधिग्रहण गरिएको छ । त्यहाँ ३३० मिटर कम्पाउण्ड वाल लगाइएको छ भने प्याराफिटको केही काम भएको …

Read More »

चितवनमा आर्थिक गणनाका लागि गणक तयार

चितवन, चैत १८ – यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ । जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ । गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने …

Read More »

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एकवर्षमै बनाइने, जेठभित्र सडकको काम सकिने

चितवन ,चैत १६- नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गरेका …

Read More »

भरतपुर महानगरमा पत्रकारलाई दुव्र्यवहारः नियोजित नभई आवेशको घटना

चितवन, चैत १६ – समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाले आज यहाँ नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने …

Read More »

निर्णय पुस्तिाका च्यातिएको भन्दै काँग्रेस चितवनको बिरोध

चितवन, चैत १५– नेपाली काँग्रेस चितवनले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको पदपुर्तिको लागी प्रकृया अनुरुप विज्ञापन भई परीक्षा अन्तरवार्ता आदिको संघारमा बसेको बैठकमा निर्णय पुस्तिका च्यातिएको भन्दै सो घटनाको बिरोध जनाएको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा बुधबार रत्ननगरको शहिद स्मृति बहुमुखी क्याम्पसमा बैठक बसिरहेको समयमा …

Read More »

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः बालकुमारी कलेज फाईनलमा प्रवेश

चितवन, चैत १५–बालकुमारी कलेज चितवनमा जारी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । तीन वटै खेल जित्दै समूह ‘ए’ को विजेताको रुपमा बालकुमारी कलेज फाईनलमा प्रवेश गरेको हो । आज (विहीबार) समूहको अन्तिम खेलमा नमुना साईन्स कलेज गैंडाकोटलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै बालकुमारी …

Read More »

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढायो, सर्वत्र विरोध

चितवन, चैत १५- भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट …

Read More »

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन चैत १४- चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक …

Read More »

पोखराबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना, एकजनाको मृत्यु, ८ घाइते

चितवन, चैत १४-पोखराबाट नारायणगढतर्फ आउदै गरेको ना५ख ३४१ नम्बरको यात्राुबहाक बस बुधबार पोखरा–लेखनाथ महानगरपालिका–३२, गगनगौंडामा पल्टँदा एकजनाको मृत्यु भएको छ । बस गगनगौंडास्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१ वर्षीय गौरीशंकर रेग्मीको मृत्यु भएको हो । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पोखरा–लेखनाथ–१४ का २१ …

Read More »