Home / News / National (page 2)

National

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

चितवन ८ साउन– भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ । साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका …

Read More »

अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ७ साउन – अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरे र  ऋद्धिखोलामा  बिहान साढे ४ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक  थापाले बताउनुभयो । पहिरो खसेपछि चितवनबाट काठमाडौं तर्फ जाने र चितवन …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न व्यवस्थापिका–संसद्, विकास समितिको निर्देशन

चितवन २० असार – व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म ९करिब डेढ महिना० …

Read More »

सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २७ गते गर्ने

चितवन १३  असार– सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २७ गते गर्ने भएको छ । आज भरतपुरबाट काठमाडौं ल्याइएको च्यातिएका मतपत्रको पोको पनि २७ गतेकै सुनुवाईमा पेश गरिने भएको हो । सर्वोच्चका कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले असार ६ गते एक साताभित्र …

Read More »

अपडेटः गयरातीदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

चितवन ११ असार– गयरातीदेखि अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुर तर्फ खसेको पहिरो केही मात्रामा पन्छ्याएपछि बाटो एकतर्फी मात्र सञ्चालनमा आउन सकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो …

Read More »

शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेन

चितवन ११ असार– शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेको छैन । यो सडकखण्ड अन्तर्गत सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो खुलाउन समस्या भएको छ । पहिरो पन्छाउने काम भइरहेको तर अझै ३र४ घण्टा लाग्ने मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । पहिरो खस्दा राति ९ बजेदेखि यो …

Read More »

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने

चितवन ११ असार– आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्बाचन अघि …

Read More »

कालीखोला नजिकै खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुर्यो दुई प्रहरीको मृत्यु दुईजना बेपत्ता

चितवन ९ असार – नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ । घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो …

Read More »

कालीखोला नजिकै खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुर्यो प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता

चितवन ९ असार – नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका …

Read More »

वडाध्यक्ष उम्मेदवारको घरमा बम विस्फोट

चितवन ७ असार – नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरी डाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठ महिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको …

Read More »