Home / sports (page 4)

sports

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानको कब्जामा

चितवन ५ असार– च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ …

Read More »

बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु

भरतपुर,फागुन १८–बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरुहुने भएका छन । सेमिफाइनल चरणको पहिलो खेलमा आज संकटा क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।  यसैबिच हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पगेको छ । नेपाल पुलिस क्लबलाई ३–१ को गोल अन्तरले …

Read More »

कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

श्रावण २९– लक्की मिडिया हाउसको आयोजनामा भएको अन्तर मिडिया फुटसल प्रतियोगिताको आज शनिवार भएको खेलमा विजयी हुदै हाम्रो एफ.एम.सेमि फाइनलमा प्रवेश गरेको छ । कालिका एफ.एम.लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै हाम्रो एफ.एम. सेमि फाइनलमा प्रवेश गरेको हो । कालिका एफ.एम.ले गोल गरेर सुरु गरेको पहिलो हाफमा २–१ …

Read More »

तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गण भरतपुरलाई

श्रावण १९ – एभरेष्ट क्लबको आयोजनामा यहाँ सम्पन्न तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गणले प्राप्त गरेको छ । प्रहरी जुनियर शिक्षालय भरतपुरको खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा हरि स्मृति क्लब दिव्यनगरलाई ५ शुन्य गोलको अन्तरले पराजित गर्दै गण उपाधि प्राप्त गर्न सफल भएको हो । प्रथम हुने …

Read More »

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै

श्रावण ५– इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै छ । नेपाली क्रिकेट टिमले हिजो विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको ४१ रनको जित निकालेको थियो । पाँच ओटा अभ्यास खेल खेल्न बेलायत गएको नेपाली क्रिकेट टोलीले सबै खेलमा उत्कृष्ट जित निकालेको थियो । नेपाली …

Read More »

पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै

असार ३१– पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल आज हुदै छ । लन्डनको लड्स मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तीमा ६ विकेट गुमाएर २ सय ८२ रन बनाएको छ । कप्तान मिसवाह उलहकले १ सय १० रनबाट आजको दिनको खेल सुरु गर्ने छ …

Read More »

लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

असार २५– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।  लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड (दुई अर्ब २३ करोड रुपैयाँ) मा अनुबन्ध गरेको हो । लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो …

Read More »

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

असार १७– पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा पोल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी …

Read More »

इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिए

असार १५– इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिएका छन् । हार्टले आफूले गोल हुनबाट रोक्न सक्ने अवस्था भएपनि त्यसो गर्न नसक्दा टिम हार्न बाध्य भएको स्वीकार गरेका हुन् । इंग्ल्याण्ड सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डसँग २–१ ले पराजित भएर युरोकपबाट बाहिरिएको थियो । आइसल्याण्डको दोस्रो गोल …

Read More »

हंगेरी लज्जास्पद हार व्यहोर्दै युरोकपबाट बाहिरियो

असार १३ –  युरोकपमा हंगेरी लज्जास्पद हार व्यहोर्दै बाहिरिएको छ । गएराति टौलोसमा भएको खेलमा बेल्जीयमले हंगेरीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । जितसंगै बेल्जीयम युरोकपको क्वाटरफाइनलमा पुगेको छ । यसअघि निकै बलिया टोलीहरुलाई कडा टक्कर दिएको हंगेरी भने हारसंग प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, …

Read More »