Home / sports (page 2)

sports

तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गण भरतपुरलाई

श्रावण १९ – एभरेष्ट क्लबको आयोजनामा यहाँ सम्पन्न तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गणले प्राप्त गरेको छ । प्रहरी जुनियर शिक्षालय भरतपुरको खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा हरि स्मृति क्लब दिव्यनगरलाई ५ शुन्य गोलको अन्तरले पराजित गर्दै गण उपाधि प्राप्त गर्न सफल भएको हो । प्रथम हुने …

Read More »

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै

श्रावण ५– इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै छ । नेपाली क्रिकेट टिमले हिजो विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको ४१ रनको जित निकालेको थियो । पाँच ओटा अभ्यास खेल खेल्न बेलायत गएको नेपाली क्रिकेट टोलीले सबै खेलमा उत्कृष्ट जित निकालेको थियो । नेपाली …

Read More »

पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै

असार ३१– पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल आज हुदै छ । लन्डनको लड्स मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तीमा ६ विकेट गुमाएर २ सय ८२ रन बनाएको छ । कप्तान मिसवाह उलहकले १ सय १० रनबाट आजको दिनको खेल सुरु गर्ने छ …

Read More »

लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

असार २५– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।  लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड (दुई अर्ब २३ करोड रुपैयाँ) मा अनुबन्ध गरेको हो । लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो …

Read More »

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

असार १७– पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा पोल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी …

Read More »

इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिए

असार १५– इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिएका छन् । हार्टले आफूले गोल हुनबाट रोक्न सक्ने अवस्था भएपनि त्यसो गर्न नसक्दा टिम हार्न बाध्य भएको स्वीकार गरेका हुन् । इंग्ल्याण्ड सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डसँग २–१ ले पराजित भएर युरोकपबाट बाहिरिएको थियो । आइसल्याण्डको दोस्रो गोल …

Read More »

हंगेरी लज्जास्पद हार व्यहोर्दै युरोकपबाट बाहिरियो

असार १३ –  युरोकपमा हंगेरी लज्जास्पद हार व्यहोर्दै बाहिरिएको छ । गएराति टौलोसमा भएको खेलमा बेल्जीयमले हंगेरीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । जितसंगै बेल्जीयम युरोकपको क्वाटरफाइनलमा पुगेको छ । यसअघि निकै बलिया टोलीहरुलाई कडा टक्कर दिएको हंगेरी भने हारसंग प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, …

Read More »

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

असार १३ –  कोपा अमेरिका फुटबलको उपाधि दिलाउन नसकेपछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सोचमा पुगेका छन् । आज विहान चिलीसँगको उपाधि भिडन्तमा पेनाल्टीमा चुकेपछि मेस्सीले आफ्नो लागि राष्ट्रिय टिमको यात्रा समाप्त भएको घोषणा गरेका थिए । राष्ट्रिय टिमबाट विदा भएसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिने अनुमान …

Read More »

युरोकप फुटबलमा आज समुह चरणका अन्तिम ४ खेल हुदै

असार ८– युरोकप फुटबलमा आज समुह चरणका अन्तिम ४ खेल हुदैछन् । आज समुह ई मा रहेका इटली र आयरल्याण्ड तथा स्विडेन र बेल्जियमबिच प्रतिस्पर्धा हुदाँ समुह एफका हंगेरी र पोर्चुगल तथा आईसल्याण्ड र अष्ट्रिया एक आपसमा भिड्ने छन् । समुह समुह ई अन्र्तगतका खेल राती पौने १ बजे सुरु …

Read More »

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पुरा

१ असार– अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज सम्पन्न खेलबाट समुह डी को विजेता र उपविजेताको टुङ्गो लागेसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । आजको खेलमा चिलीले पानामालाई ४–२ ले पराजित ग¥यो भने अर्जेन्टिनाले बोलिभियालाई ३ सुन्यले हराउन सफल भयो । अब सेमिफाइनल प्रवेशका …

Read More »