Home / News (page 23)

News

वडाध्यक्ष उम्मेदवारको घरमा बम विस्फोट

चितवन ७ असार – नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरी डाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठ महिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको …

Read More »

विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

चितवन ७ असार – विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको …

Read More »

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट

चितवन ६ असार – ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट गरिएको छ । नेपाल ब्याडमिन्टन संघले प्रतियोगिताका लागि प्रफुल्ल महर्जन, जीवन आचार्य, प्रवीण लिम्बु र महिलातर्फ रसिला महर्जन, जेसिका गुरुङ र सुनैना मुखियालाई छानेको बताएको छ । प्रतियोगितामा नेपाली खेलाडीले यु १९ उमेरसमूहमा प्रतिस्पर्धा गर्ने संघले बताएको …

Read More »

जिल्ला शिक्षा कार्यालय पाँचथरका सव इन्जिनियर १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ

चितवन ६ असार – जिल्ला शिक्षा कार्यालय पाँचथरका सव इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो । विद्यालयको नाम गोप्य राखिएको छ । टोलीका …

Read More »

भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले सक्कल कागजहरु झिकाउन निर्देशन

चितवन ६ असार – भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले सक्कल कागजहरु झिकाउन निर्देशन दिएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासबाट भरतपुर प्रकरणको मंगलबार फैसला हुने अनुमान गरिएको थियो । दुवै पक्षको बहसपछि अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि …

Read More »

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने

चितवन ५ असार– सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासतमा राखेको थियो । आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका …

Read More »

उपसचिवद्वय रिजाल र तिमिल्निा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

चितवन ५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीमा कार्यरत उपसचिवद्वय रामहरि रिजाल र वासुदेव तिमिल्निा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । घुस लिँदालिँदै रंगेहात पक्राउ परेको सो घटना अख्तियारको छानवीनबाट पुष्टि भएपछि अदालतमा मुद्दा दायर भएको हो । सर्लाहीको जनज्योति उच्च मावि लालबन्दीमा थप …

Read More »

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन

चितवन ५ असार– प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ । सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारीस गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो । न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । एक नम्बरमा …

Read More »

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानको कब्जामा

चितवन ५ असार– च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ …

Read More »

फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

चितवन ५ असार– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले आइतबार भएको संसदीय चुनावमा पाँच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो …

Read More »