Home / health

health

चितवनका एमाले नेता जेपी भेटवालको अवस्था गम्भिर, आईसियुमा सारियो

चितवन, चैत १९– चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको अवस्था गम्भीर भएपछि अहिले बीर अस्पतालको आईसियूमा सारीएको प्रदेश नः ३ का सांसद विजय सुवेदीले जानकारी दिनुभयो । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई वीर अस्पतालमा लगिएको हो ।क्यान्सरको …

Read More »

चितवनका सबै स्वास्थ्य संस्था अब स्थानीय तहमा

चितवन ,चैत १८ – चितवनमा रहेका सवै स्वास्थ्य संस्थाहरु अब स्थानीय तहको मातहतमा आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ । राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा …

Read More »

चितवनमा आर्थिक गणनाका लागि गणक तयार

चितवन, चैत १८ – यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ । जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ । गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने …

Read More »

चितवनको पुरानो मेडिकल कलेजले ल्यायो नाक,कान र घाँटीको अप्रेसनमा नयाँ प्रविधि

चितवन,चैत १७- पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) भरतपुरले नाक कान र घाँटीको अप्रेसनको लागि नयाँ प्रविधि ल्याएको छ । भारतका ख्यातिप्राप्त डाक्टर एम मुवारक खानले ५ वर्षअघि बनाएको उक्त प्रविधि नेपालमै पहिलो पटक पुरानो मेडिकल कलेजले भित्राएको दावी गरिएको छ । पुरानो मेडिकल कलेजले सो प्रविधिबारेमा दुई दिने कार्यशाला …

Read More »

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन चैत १४- चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक …

Read More »

ब्रह्मनगरमा पशु स्वास्थ्य शिविर

चितवन, चैत ९– राप्ती नगरपालिका–८ ब्रह्मनगरमा आज (शुक्रबार) आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरबाट ८ सय ३४ वटा पशुको उपचार गरिएको छ । राप्ती नगरपालिकाको पशु सेवा शाखाको आयोजना तथा स्थानीय भगवती दुग्ध उत्पादक सहकारी संस्थाको सहआयोजना र नेपाल पोलिटेक्निक इन्स्टिच्युुटको प्राविधिक सहयोगमा भएको सो शिविरबाट सो संख्याका पशुहरु लाभान्वित भएका हुन् …

Read More »

खुल्ला रक्तदान कार्यक्रममा ६४ जनाले गरे क्तदान

चितवन, चैत ७– मिलीजुली बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं ७ बुद्ध चोकमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री हरीप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका कोषाध्यक्ष रामराज …

Read More »

हात्तीमा क्षयरोगको संक्रमण घट्यो

चितवन, चैत ७- देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए । त्यसयता …

Read More »

चितवनलाई वैशाखभित्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

चितवन, चैत ५- चितवन जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो । सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।जिल्ला जनस्वास्थ्य …

Read More »

चितवन मेडिकल कलेजमा बिमा मार्फत ३८ हजार बढिले गराए उपचार

चितवन, चैत ५– नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ । चितवन मेडिकल कलेजमा फागुन मसान्त सम्ममा ओपीडी तर्फ ३८ हजार ७ सय ६६ जनाले स्वास्थ्य बिमा मार्फत बिरामीले उपचार गराएको अस्पताल व्यवस्थापक पारस अधिकारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा भर्ना नै भएर हाल सम्म एक हजार ६ …

Read More »