Home / Editor Hamrofm (page 30)

Editor Hamrofm

जिल्ला विकास समिति चितवन पहिलो वातावरणमैत्री कार्यालय घोषित

असार २६– जिल्ला विकास समिति चितवन पहिलो वातावरणमैत्री कार्यालय घोषित भएको छ । उपप्रधानमन्त्री एवंम स्थानीय विकास मन्त्री कमल थापाले जिविस चितवनको कार्यालयलाई वातावरणमैत्री कार्यालयका रुपमा घोषणा गर्नुभयो । कार्यालय परिसरमा निर्मित ‘चितवन आमा’को मूर्तिको अनावरण र रक्तचन्दनको बिरुवा रोपेर मन्त्री थापाले सो घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले …

Read More »

पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउन सरकारमा सहभागि –कमल थापा

असार २६– राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउनका लागि आफुहरु सरकारमा सहभागि भएको बताउनु भएको छ । राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधानको परिधिभित्र रहेर आफ्ना एजेण्डालाई जनताको अभिमतका साथ …

Read More »

लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

असार २५– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।  लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड (दुई अर्ब २३ करोड रुपैयाँ) मा अनुबन्ध गरेको हो । लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो …

Read More »

इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु

असार २५– इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ । जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशिया …

Read More »

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुदै

असार २५– सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुदै छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सम्म जारी रहने र …

Read More »

यवस्थापिका संसद्को आजको बैठकमा विनियोजन विधेयक २०७३ पारित हुने

असार २५– व्यवस्थापिका संसद्को बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा   विनियोजन विधेयक २०७३ पारित हुने छ । गत असार ६ गतेबाट सुरु भएको विधेयकमाथिको छलफल गत मंगलवार सकिएको थियो । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम आज सकिएपछि संसदले विधेयक पारित गर्ने संसद सचिवालयका सहप्रवक्ता …

Read More »

अमेरिकी बैज्ञानिकहरुले मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलता पूर्वक प्रवेश गराए

असार २१– अमेरिकी बैज्ञानिकहरुले जुनो नाम गरिएको मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गराएका छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको बृहस्पतीको परिधीभित्र पहिलो मानव निर्मित यान आज प्रवेश गरेको हो ।योसँगै नासाका बैज्ञानिकहरुको महत्वकांक्षा एवम् प्रतीक्षा पूरा भएको भन्दै खुसियाली मनाएका छन् ।२ लाख ९ हजार किलोमिटर प्रति …

Read More »

गोरखाको केरौंजा गाविसमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गयो

असार २१– गोरखाको केरौंजा गाविसमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । केरौंजा–३ फलिङपुमा मंगलबार बिहान सवा ११ बजेतिर झरेको पहिरोमा पुरिएर केरौंजा–४ का १५ वर्षका सन्देश घलेको ज्यान गएको हो । यस्तै केरौंजा–४ कै ३० वर्षकी चीनमाया गुरुङ र  ४५ वर्षकी कान्छीमाया गुरुङको पनि शव निकालिएको प्रहरी उपरीक्षक …

Read More »

नेकपा माओवादी केन्द्रले महाधिवेशनको मिति तोक्ने तयारी

असार २१– पार्टीको महाधिवेशनका लागि भन्दै जम्बो आयोजक समिति गठन गरेको नेकपा माओवादी केन्द्रले महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ । भद्रगोल अवस्थामा रहेको पार्टी संगठनलाई व्यवस्थित गर्न र महाधिवेशनको मिति तय गर्ने आजदेखि पोलिट्व्युरो बैठकसमेत बस्ने भएको छ ।आज मध्यान्न सुरु हुने पोलिट्ब्युरो बैठकमा आगामी माघअघि नै सम्पन्न गर्ने …

Read More »

व्यवस्थापिका–संसद्ले,विशेष आर्थिक विधेयक पारित

असार २१– व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित भएको हो । विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ । निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा …

Read More »