Home / Editor Hamrofm (page 23)

Editor Hamrofm

नेपाली काँग्रेसको २५ केन्द्रीय सदस्यका लागि मत गणना आज पनि जारी

काठमाण्डौ २८ फागुन– नेपाली काँग्रेसको १३ औं महाधिवेशनअन्तर्गत खुल्ला २५ केन्द्रीय सदस्यका लागि मत गणना आज पनि जारी रहने भएको छ । जम्मा ४ सय ३ मत गणना गरेर हिजो स्थगित मतगणना अहिले केहिबेरमो पुन सुरु हुने भएको हो । हिजोसम्मको मतगणनामा केन्द्रीय सदस्यमा खुमबहादुर खड्का शीर्ष स्थानमा हुनुहन्छ  भने …

Read More »

संविधानको कार्यान्वयन र पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता छ – एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल

भरतपुर २३ फागुन–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६ बुँदे सहमतिमानै राष्ट्रिय सरकारको कुरा भईसकेको भन्दै नेपाली काँग्रेसको महाधिवेशन पछि राष्ट्रिय सरकारका लागि पहल हुने …

Read More »

नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

भरतपुर २३ फागुन– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकोले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. २७, पटिहानीमा आजदेखि शुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले …

Read More »

करिब ११ हजार लिटर डिजल सहितको ट्रक एकीकृत नेकपा माओवादी निकट वाईसिएल चितवनको नियन्त्रणमा

भरतपुर २३ फागुन–अवैध रुपमा काठमाण्डौंतर्फ डिजल लैजान लागेको भन्दै एकीकृत नेकपा माओवादी निकट वाईसिएल चितवनले आज बिहान भरतपुरको आँपटारी नजिकैबाट करिब ११ हजार लिटर डिजल सहितको ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. १ आँपटारी र रामनगरको बीचभागमा ना ४ ख ५५९४ नम्बरको मिनी ट्रकमा ४७ …

Read More »

बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज

धरान फागुन २०– धरानमा जारी बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने भएको छ  । खेल धरानको एन्फा टेक्निकल सेन्टरमा अपहरान्ह सुरु हुने छ ।  पहिलो खेलमा आयोजक धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रुपन्देही ११ ले अन्तीम चारमा …

Read More »

नेपाली कांग्रेसको १३ औ महाधिबेसन आजबाट सुरु

काठमाण्डौ फागुन २०–नेपाली कांग्रेसको १३ औ महाधिबेसन आजबाट सुरु भएको छ । काठमाण्डौको खुल्लामन्चमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिबेसनको उद्घाटन गर्नु भएपछि बिधिवत रुपमा महाधिबेसन सुरु भएको हो । सुशीलको नेतृत्वमा बनायौं सबिंधान, समृद्ध राष्ट्र निर्माण,अब हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसको १३ आंै महाधिवेशन बौल्दै बिदेशी …

Read More »

सेल्फी खिच्ने क्रममा नारायणी नदीमा खसेर बेपत्ताज्ञवाली मृत अबस्थामा फेला

आइतबार दिउँसो सेल्फी खिच्ने क्रममा नारायणी नदीमा खसेर बेपत्ता नवलपरासी गैडाकोट १६ की विस्मिता ज्ञवाली मृत अबस्थामा फेला परेकी छन् । ज्ञवाली आज बिहान पाँच बजे खसेकै स्थानमा फेला परेकी हुन् । बिहान माछा मार्न जाने जालहारीले शव देखेपछि प्रहरीलाई खबर गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक सत्यानारायण थापाले …

Read More »

बिन लादेनको सम्पत्ती २ अर्ब ९ करोड अमेरिकी डलर

फागुन १९– आतंकवादी संगठन अल कायदाका नेता ओसामा बिन लादेनको २ अर्ब ९ करोड अमेरिकी डलर सम्पत्ती रहेको खुलासा भएको छ । २०११ मा अमेरिकी सेनाको विशेष कारबाहीमा लादेन मारिएका थिए । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार हिजो केही प्रतिवेदनहरु सार्वजनिक गर्ने क्रममा लादेनको सम्पत्ती विवरण सहितको हिसाब पनि शामेल भएको …

Read More »

विहारका मुख्यमन्त्री नीतिशकुमार आज काठमाण्डौ आउदै

काठमाण्डौ १९ फागुन– नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सहभागि हुन भारतको विहारका मुख्यमन्त्री नीतिशकुमार आज काठमाण्डौ आउदै हुनुहुन्छ । नेपालमा उहाँले विभिन्न राजनीतिक दलका नेता र सरकारी पक्षसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भारतमा मनमोहन प्रधानमन्त्री हुदाँ उहाँले नेपाल भ्रमण गर्नेचासो देखाउनु भएको थियो । पटक पटक केन्द्र …

Read More »

सभापति रामचन्द्र पौडेलले आज प्यानलसहित उम्मेदवारी दर्ता गर्नुहुने

काठमाण्डौ फागुन १९ – नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेलले आज प्यानलसहित उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । त्यस्तै सभापतिका अर्का आकांक्षी महामन्त्री कृष्ण सिटौलाले पनि आजै उम्मेदवारी घोषणा गर्ने तयारी गर्नु भएको छ । पौडेलले महामन्त्रीमा डा. सशांक कोइरालालाई महामन्त्रीमा राखेर उम्मेदवारी दिने तयारी गरे …

Read More »